Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना फेरि बढ्न थालेको छ, भयावह हुन दिनुहुन्न : प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ११ २०७७
  • 2.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै भयावह अवस्था आउन नदिन सचेत हुनुपर्ने बताएका छन् ।

बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको कार्यक्रमम प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण फेरि बढ्ने लक्षण देखिएको बताए । यद्यपि, अहिले भयावह स्थिति नभएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मूल पार्न सजिलो नभएको भन्दै पूर्ण नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताए ।

उनले भने, ‘तीन दिनदेखि लक्षणहरु फेरि नकारात्मकतातिर जान खोज्या हो कि, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ ।’

ओलीले अघि भने, ‘पूर्ण रुपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ । पूर्ण रुपमा नियन्त्रण गर्न सामाजिक दूरी, संक्रमण हुने स्थितिबाट बच्ने, बचाउने । संक्रमण हुने स्थिति नहोस् ।’

प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ संक्रमणको असर कम परेको भन्दै फेरि पनि असर कम पर्ने बताए ।  ‘हामी कहाँ यसको असर कम पर्‍यो । फेरि पनि कम पर्छ र बाहिर, अन्यत्रजस्तो यसलाई हामी संक्रमित हुन दिदैनौँ । दिनुहुँदैन । विभिन्न तरिका अवलम्बन गर्नुपर्छ । हामीले नियम, आदेशको पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय, सिसिएमसीले जारी गरेको नियम मान्नुपर्छ । त्यसो गरे मात्रै हामी यसबाट जोगिन सक्छौँ’ उनले भने ।

प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको दाबी पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४