सोमबार तिम्सिनाको मुद्दामाथि फैसला गर्दै कलकत्ताको उच्च अदालतले उनको परिवारले क्षतिपूर्ति मागे कानुनबमोजिम क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हाले बताएका छन् ।
क्षतिपूर्ति माग गरिएको अवस्थामा कति दिइन्छ भन्ने सन्दर्भमा अहिले नै केही भन्न नसकिने सिन्हाले बताएका छन् ।
हत्या आरोपमा ४० वर्षअघि पक्राउ परेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका हुन्। कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिबार बिहान दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको थियो।
आइतबार इलामस्थित आफ्नो घर पुगेका उनले आमासँग भेटघाट गरिसकेका छन्। इलामका दुर्गाप्रसादका लागि पाँच भारतीय नागरिकले मुद्धा लडेका थिए ।