Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवनियुक्त महान्यायाधिवक्ता बडालद्धारा सपथग्रहण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ८ २०७७
  • 9.3K
    SHARES

काठमाडौं,/  नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आइतबार पद तथा गोपनियताको सपथ लिनुभएको छ ।राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले शपथ गराउनुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सीना, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, नेपाल बार एशोसीएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायतको उपस्थिती थियो ।

तर सभामुख अग्नी सापकोटा भने कार्यक्रममा सहभागी हुनुभएन ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्राबार अधिवक्ता बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको होे ।

निवर्तमान महान्यायाधिवक्ता अग्नी खरेलले राजीनामा दिए लगत्तै प्रधानमन्त्री ओलीले अधिवक्ता बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफरिस गर्नुभएको थियो ।नवनियुक्त महान्यायाधिवक्ता बडालले प्रतिनिभिसभा विघटनको मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गर्नुभएको थियो ।फागुन ६ गते निवर्तमान महान्यायाधिवक्ता खरेलले सक्रिय राजनीतिक जीवनमा नै फर्किने भन्दै पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४