जातिय विभेदको जड दण्डहीनता भएको भन्दै दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका गराउनको लागि दवाव स्वरुप आइतबार प्रदर्शन गरेको हो ।
दलित अधिकार मानव अधिकार, सबैका लागि सबै अधिकार, जातिय विभेद अपराध हो, छुवाछुत अन्त्य गरौँ मानव अधिकार रक्षा गरौ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेको हो ।
प्रदर्शनमा प्रदेश सभा सांसदद्वय कल्पना नेपाली र छिरिङ दोर्जे लामा, दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, अधिकारकर्मीहरु होमकान्त चौलागाई, उत्तम पुडासैनी, रामकृष्ण बराल, कुमारराज सुवेदी, नानीकाजी गिरी र ईश्वर पुडासैनीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाज रुपन्देही, राष्ट्रिय दलित पत्रकार संघ रुपन्देही, जागरण मिडिया सेन्टर, परियार सेवा समाज, सृजनशिल सहयात्री समाज वुटवलद्वारा आइतबार नै बुटवलमा पनि कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा विभेद कहिलेसम्म भन्ने प्रश्नको विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले स्थानीय निकायहरुलाई जबाफदेही बनाउन प्रभावकारी तवरले दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले सामाजिक न्यायको प्रत्याभुतिका लागि शान्ति समाजले स्थापना कालदेखिनै दलित अधिकार मानव अधिकार भन्दै अभियानरत रहेको चर्चा गर्नुभएको थियो ।
अधिकारकर्मी कमला विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य दिपा विश्वकर्मा, राजनीतिकर्मीहरु गंगा शाही, देवी घले, पत्रकार विरु गौतम, अभियन्ताहरु हरिओम विक, सरस्वती परियार, सीता रोकाया, लोकबहादुर नेपाली, नरबहादुर सुनार, डिपी खनाल लगायत वक्ताहरुले जातिय विभेद र दण्डहीनताको विरुद्ध केन्द्रीत रहि धारणा राख्नुभएको थियो ।
यसैगरी जातीय विभेद उन्मुलन दिवसकै सन्दर्भमा आइतबार मानव अधिकार तथा शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा सबै मिलि जातीय छुवाछूत अन्त्य गरौ भन्ने विषयमा केन्द्रीत रहि आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी यज्ञ विकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
शान्ति समाज दाङ शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली जनप्रतिनिधि युवा करारा, राजनीतिकर्मीहरु जोगेन्द्र विश्वकर्मा, सर्जन परियार, राधिका परियार, शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली, समाजसेवीहरु बिमल रिजाल, टोपबहादुर घर्ती, अधिकारकर्मीहरु सुष्मा गिरी, देवा डाँगी, पत्रकार गोपाल भट्टराई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सन् १९६० को मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिलेमा प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । प्रत्येक वर्ष मार्च २१ का दिन जातीय विभेद उन्मुलनका लागि अन्तराष्ट्रिय दिवस मनाइन्छ ।