केही समयअघि गठन भएको अखिल नेपाल महिला (अनेम) संघपछि नेपाल खनाल समूहले जनसंगठनहरुमा समानान्तर कमिटी बनाउने क्रममा युवा संघमा पनि समानान्तर कमिटी बनाएको छ ।
नेपाल–खनाल समूहले नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी र महासचिवमा दीपक जीएमलाई चयन गरेको छ ।
उता, ओली समूहले यसअघि नै समानान्तार कमिटी गठन गरेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र नेपाल समूहले पनि जयन्ती राईको नेतृत्वमा छुट्टै अनेम संघ बनाइसकेको छ ।
अनेम संघपछि बनाइएको छ ।