Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म अध्यक्ष भएको भए बेडरुममै पसेर गाला मुसारेर फकाउथेँ– माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको ठाउँमा आफू भएको भए निवासमै पुगी गाला मुसारेर फकाउने बताउनुभएको छ ।

शनिबार आयोजित आफूनिकट युवा संघ नेपालको भेललाई सम्बोधन गर्दै नेपालले नेतृत्वमा आफू भएको अवस्थामा फोनबाट मात्र नभएर निवासमै गएर फकाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन ? गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन ।’

नेपालले आफूहरू ओलीसँग असन्तुष्ट भए पनि छुट्टिहाल्ने पक्षमा नभएको बताउनुभएको छ । आफूहरूको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं । केपी ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? हाम्रो मायाप्रीति ४८ वर्ष पुरानो हो । हामी एकताको हात बढाउन चाहन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४