Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हुम्लामा ग्यासको भाउ ६ हजारले घटेर ८ हजार कायम


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 2.5K
    SHARES

हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि खाना पकाउने ग्यासको मूल्य घटेको छ ।

१४ हजार रुपैयाँ पर्ने एउटा ग्यास सिलिण्डरको मूल्य ६ हजार रुपैयाँ घटेर ८ हजारमा झरेको स्थानीयले बताएका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिण्डर १४ हजार रुपैयाँ थियो । मूल्य घटेपछि हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेहरुको संख्यामा पनि बृद्धि भएको छ ।

सर्केगार्ड गाउँपालिकाको बालुकुनासम्म र चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङसम्म सडक सञ्चालनमा आएपछि खच्चडमा एक दिनमै सिमकोट पुग्ने भएपछि ग्यासको ढुवानीको मूल्य घटेको हो । ग्यासका सिलिण्डर खाली भएपछि भने हवाईजहाजबाट सुर्खेत पठाउने गरिएको छ । बजारमा अधिकांश होटेल व्यवसायीले ग्यासको प्रयोग गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४