Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आठ हजार भन्दाबढी जनशक्ति प्रकृति संरक्षणमा खटिएको सेनाको दावी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 3.6K
    SHARES

काठमाडौं । राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहितका भूमिकामा रहेको नेपाली सेना प्रकृति र वन्यजन्तु संरक्षणमा समेत सक्रिय हुँदै आएको छ ।

प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा हुने चोरी निकासी रोकथाम नियन्त्रणका लागि तैनाथ सेनाले नियमित गस्ती, एम्बुस र चेकप्वाइन्ट खडा गरी प्रकृति संरक्षणमा गौरव गर्न लायक काम गरिरहेको सेनाले जनाएको छ ।

सेनाले २०३४ सालदेखि प्रकृति संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज तथा आरक्षमा सुरक्षा दिँदै आएको छ । सेनाका आठ गण र सात गुल्मका आठ हजारभन्दा बढी जनशक्ति प्रकृति संरक्षण र वन्यजन्तु सुरक्षामा अहोरात्र खटिरहेकोे सेनाको भनाइ छ ।

देशभर १२ राष्ट्रिय निकुञ्ज, एक शिकार आरक्ष, एक वन्यजन्तु आरक्ष र छ संरक्षित क्षेत्र छन् । प्रकृतिक सरक्षण र दुर्लभ वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि सेनाका १८८ पोष्टबाट दैनिक गस्ती गर्ने, गौडा छेक्ने र घेराबन्दीको कारवाही सञ्चालन हुँदैआएको सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ । सेनाले निकुञ्ज क्षेत्रमा गरेको गस्ती र कारवाहीका क्रममा वन्यजन्तु चोरी शिकारीमा संलग्न भएको अभियोगमा फागुन महिनामा मात्रै विभिन्न निकुञ्जबाट ६७८ लाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४