Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भरतपुर महानगरले १३ हजार बढी सुकुम्बासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढायो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 6.7K
    SHARES

महानगरपालिकाले १३ हजारभन्दा बढी सुकुम्बासीलाई जग्गाधनी पूर्जा दिने गरी प्रक्रिया अघि बढाएको महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन् ।

मेयर दाहालका अनुसार यतिबेला सुकुम्बासीले दिएको निबेदनको आधारमा फारम भर्ने काम भइरहेको छ । महानगरपालिकाको भुमी सम्बन्धी समस्या समाधान आयोग ईकाईका प्रमुख अमोद सुबेदीका अनुसार ९ हजार हाराहारीमा फारम भरिसकिएको छ ।

ईकाइ प्रमुख सुबेदीका अनुसार भूमिहीन तथा सुकुम्बासीको डाटा लिएर प्रमाणित गरी भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगमा सिफारिस गर्ने तयारी समेत भइरहेको छ ।

जस्को लागि वडाले सार्वजनिक सुनवाई गरेर छानबिन गरे पश्चात आयोगमा पठाइन्छ । प्रत्येक वडाले सुकुम्बासीले दिएको निबेदनको आधारमा फारम भरेको प्रति छानबिन गरी ठीक छ या छैन भन्ने एकिन गर्नेछन् ।

त्यसपछि भूमिहीन तथा सुकुम्बासीको डाटा लिएर प्रमाणित गरी भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगमा सिफारिस गरिन्छ । सुकुम्बासीलाई निःशुल्क जग्गा छ कठ्ठासम्म र शुल्क तिरेर एक बिघा नौ कठ्ठासम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

महानगरपालिका सहित चितवनका सबै स्थानीय तहले ६ महिनाभित्रै भूमिहीनलाई पूर्जा वितरण गर्ने तयारी गरेका छन् । चितवनमा ३७ हजार जनालाई पूर्जा बितरण गर्ने काम भईरहेको आयोगका जिल्ला अध्यक्ष यादब पाठकले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४