Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल पक्षलाई ओलीको प्रश्न– ‘पार्टी अध्यक्षको चियापानमा नजाने, कसको निम्ता पाए जानुहुन्छ ?’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०७७
  • 7.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले बोलाएको चियापानमा नआएर कसको निम्तामा जाने भन्दै माधवकुमार नेपाल पक्षका नेताहरूलाई प्रश्न गर्नुभएकाे छ ।

मंगलबार बालुवाटारमा केन्द्रीय समितिका सदस्यहरूको जमघटका लागि आयोजना गरिएको चियापान समारोहमा बोल्दै ‌ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको चियापानमा नआएर कसले बोलाएमा जानुहुन्छ भन्दै प्रश्न गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले माधवकुमार नेपालप्रति कटाक्ष गर्दै पार्टीले बोलाएको चियापानमा बैठक बसेरै नआउने निर्णय गरेको भन्दै व्यङ्ग गर्नुभयो । ‘एकथरी अनुहारका साथीहरू चियापानमा देखिनुभएन, हिजो बेलुकी बैठक बसेर पार्टी अध्यक्षको चियापान नजाने भनेर निर्णय गर्नुभएछ,’ उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको निमन्त्रणा र चियापान नजाने, कसको निम्ता र चियापानमा जानुहुन्छ ?’

ओलीले माधव समूहका नेताहरू नआउनु राम्रो लक्ष्यण नभएको टिप्पणी गर्नुभयाे । ‘कुनै कारणबस भ्याउनुभएन होला भन्ने म ठान्छु, चियापान नआउने निर्णय गर्नुभएन होला भन्ने म ठान्छु,’ उहाँले भन्नुभयो, ‘अझै केही समय बाँकी छ, भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न, कति तमासा गर्नुहुन्छ, एक नजर चाहिँ त्यता राखिनेछ ।’

ओलीले पार्टीलाई धम्क्याएर र धुर्‍क्याएर ठेगान लगाउने नसोच्न आग्रह गर्दै विधिविधान अनुसार पार्टी चल्ने स्पस्ट पार्नुभयो । नचाहिने कुराका अगाडि पार्टी नझुक्ने स्पस्ट पार्दै उहाँले सत्यसँग नलड्ने, निउँखोजहाहरूसँग नझुक्ने आफूहरूको नीति रहेको बताउनुभयो ।

ओलीले कसैले उक्साहट र विभिन्न हल्ला फैलाएर आवेश र उत्तेजनामा ल्याउन खोजे पनि संयम र गम्भीर हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । यद्यपि आफूहरू लाचार भने नबन्ने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४