आज सोमबार हेटौँडा -४ स्थित बालकुमारी पार्टी प्यालेस परिसरमा एक कार्यक्रमको आयोजना गरि अध्यक्ष पदका उम्मेदवार न्यौपानेले सचिवालयको शुभारम्भ गरेका हुन् ।
यसअघी पनि न्यौपानेले आफूले अध्यक्ष पदमा उम्मेद्धवारी दिने पत्रकार सम्मेलन मार्फत घोषण गरीसकेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य एवम् मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका न्यौपानेले उधोगी व्यावसायिको सामुहिक अपेक्षा उर्जावान नेतृत्व व्यावसायिक सुरक्षा भन्ने मूल नाराका साथ अघि बढेको बताए ।
अध्यक्ष पदका उम्मेदवार न्यौपाने सहित उनको प्यानलमा बाणिज्य तर्फ उपाध्यक्षमा राम प्रसाद न्यौपाने, उद्योग तर्फका उपाध्यक्षमा प्रतिमा श्रेष्ठ ,एसोसिएट तर्फका उपाध्यक्षमा उज्वल चौलागाईं र बस्तुगत तर्फका उपाध्यक्षमा राजु अधिकारीले सयुक्त रुपमा उम्मेदवारी घोषण गरिसकेका छन् ।
केही दिनै न्यौपाने प्यानलमा सदस्यहरुको समेत उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष पदका उम्मेदवार न्यौपानेले बताए । मकवानपुर उद्योग बाणिज्य संघको ५४ बार्षीक साधारण सभा चैत २१ र २२ गते हुनेछ भने निर्वाचन चैत २३ गते हुने छ।