Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

सभामुख सापकोटाले भोली बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न दिउँसो २ बजे समितिको बैठक बोलाउनुभएको हो ।

प्रतिनिधिसभा पुर्नस्थापनापछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

बैठकमा नेकपा एमाले,नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका प्रतिनिधिलाई बोलाएको छ ।

संसद पुर्नस्थापनापछि प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते बसेको थियो भने दोस्रो बैठक फागुन २६ गते बसेको थियो ।

पहिलो बैठक सत्तारुढ दलकै सांसदहरुले बहिष्कार गरेका थिए भने प्रतिपक्ष दलका सांसदहरुले सरकारले ल्याएका अध्यादेश पेश गर्नेक्रममा विरोध र नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।

फागुन २६ गते बसेको दोस्रो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोली दिउँसो बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४