Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फरार बयालिस प्रतिवादी जेल चलान


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 5.8K
    SHARES

पक्राउ परेकामा दुईदेखि छ वर्षसम्म फरार रहेकासमेत छन् । काभ्रेपलाञ्चोक प्रहरीले फागुन महिनामा फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा विभिन्न मुद्दाका ४२ फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेहरु लागुऔषध, वनपैदावार हानि–नोक्सानी, जातीय छुवाछूत तथा भेदभाव, बहुविवाह, चोरी–निकासी, ठगी, केही सार्वजनिक अपराध, सवारी ज्यान, सरकारी छाप दस्तखत कीर्ते मुद्दामा अदालतले फैसला सुनाइएका थिए ।

प्रहरीले एक महिनाको अवधिमा ११ महिलासहित ४२ फरार प्रतिवादीलाई पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानकै रुपमा सञ्चालन गरेको र यसलाई निरन्तरता दिने योजना बनाएको जिल्ला प्रहरी प्रमुख भुपेन्द्रबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार अदालतबाट आएको फरार प्रतिवादी लगतका आधारमा प्रहरीले फरारको खोजतलास गर्दछ ।

फरार प्रतिवादी खोजतलासका क्रममा पक्राउ गरी कैद तथा जरिवाना बेरुजु फछ्र्योटका लागि जिल्ला अदालत धुलिखेलमार्फत कारागार पठाइने गरिन्छ । अन्य जिल्ला तथा उच्च अदालतले कैद तथा जरिवाना बेरुजु फछ्र्योटका लागि फरार रहेकाको खोजबिन गर्न आउने परिपत्रका आधारमा समेत खोजतलास गर्नुपर्ने खत्रीले बताउनुभयो ।

“अन्य जिल्लामा फैसला सुनाएका प्रतिवादी यहाँ आएर लुक्नेसमेत गरेको पाइएको छ, हामीलाई अदालतबाट आएका लगतका आधारमा सबै फरारलाई पक्रन सफल भएका छौँ”, खत्रीले भन्नुभयो । उहाँले गत पुस अन्तिम साता काभ्रेपलाञ्चोक प्रहरीप्रमुख भएर आएलगत्तै फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४