Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओली र माधव नेपालबीच भेटवार्ता हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 5.6K
    SHARES

काठमाडौं, /  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ ।

एमाले मुख्यालय धुम्बाराहीमा भेटवार्ता तय भएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले भेटका लागि बालुवाटारमै बोलाए पनि नेपाल त्यहाँ जान नमानेपछि पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको हो ।

ओली र नेपालबीच करिब चार महिनापछि भेट हुन लागेको हो । नेकपामा मतान्तर बढेपछि नेपालले ओलीसँग अलग्गै भेट गर्नुभएको थिएन ।

सर्वोच्च अदालतको फैसलापछि ब्यूतिएको नेकपा एमालेमा आन्तरिक रडाको मच्चिएका बेला हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

नेपाल पक्षले पार्टीलाई एकढिक्का बनाएर लैजाने हो भने ओली समूहले पछिल्लो समयमा गरेका निर्णयहरु खारेज हुुनपर्ने माग गरिरहेको छ । पार्टीलाई एकीकरणपूर्वको अवस्थामा फर्काउने हो भने नयाँ ढंगबाट छलफल हुन सक्ने यो समूहको निष्कर्ष छ ।

यसअघि प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो भने वरिष्ठ नेता नेपाल र झनाथ खनालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४