Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको बैठक सकियो, सोमबार फेरि बैठक बस्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 10.3K
    SHARES

काठमाडौं, / नेकपा माओवादी केन्द्रले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउने भएको छ ।

सोमबार पेरिसडाँडामा बसेको पार्टीको केन्द्रिय कमिटी बैठकले शनिबार सोधेको स्पष्टीकरणको जवाफ नआएपछि कारवाही प्रक्रिया अघि बढाउन औपचारिक पत्र पठाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय कमिटि बैठक बोलाइएको हो ।

सर्वोच्चको फैसलापछि पनि पार्टीमा नफर्केका नेताहरुको नाम एमालेको केन्द्रीय समितिमा आएपछि माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई शनिबार २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन समेत दिइसकेको छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बठैक सोमबार फेरि बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४