Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिवि शिक्षण अस्पतालमा पहिलाेपल्ट ‘११ महिने बालक’मा कलेजो प्रत्यारोपण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 6.1K
    SHARES

टिचिङमा पहिलोपल्ट यति सानो बालकमा कलेजो प्रत्यारोपण गरिएको हो । ती बालकलाई उनका ३५ वर्षीय बुवाले कलेजो दान गरेको र उक्त कार्य सफलतापूर्वक सम्पन्न भएकाे कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारीले जानकारी दिएका छन् । डा. भण्डारीले यो सफलताको खुसी आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनले गएराति १२ बजे प्रत्यारोपण कार्य सकिएको बताएका छन् ।

प्राध्यापक डा. भण्डारीकै नेतृत्वको टोलीले उक्त प्रत्यारोपण गरेको हो ।​ टिचिङमा डा. भण्डारीको नेतृत्वमा कलेज प्रत्यारोपण सफल भएको यो पाँचौँ घटना हो । टिचिङमा गत वर्ष नै पहिलोपटक एक छोरीले बाबुलाई दिएको कलेजो प्रत्यारोपण गरेर यस क्षेत्रमा सफलता हासिल गरिएको थियो ।

डा भण्डारीका अनुसार बिरामी बालकका अभिभावकले विदेशमा गएर कलेजो प्रत्यारोपण गर्न चाहेका थिए । यसका लागि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहयोग गर्न अनुरोध गरेका थिए । तर प्रधानमन्त्री ओलीले टिचिङमै यो अप्रेसन सफल हुने विश्वास दिलाउँदै उक्त कार्यका लागि पहल गरिदिएकाे जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४