Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशमा जनतालाई हेर्ने हामीबाहेक अरु को छ ? गफ गरेर हुन्छ ?– प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 2.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको विषयमा सोच्ने र जनतालाई हेर्ने आफ्नो पार्टीबाहेक अरू नभएको दावी गर्नुभएको छ ।

अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दैै ओलीले आफ्नो पार्टीले समृद्ध नेपाल, सुखी नेपालको अभिभारा पूरा गर्ने दौडमा रहेको बताउँदै उहाँले आफूहरूबाहे अरुले जनतालाई नहेरेको जिकिर गर्नुभयो ।

‘यस देशमा जनतालाई हेर्न हामीबाहेक अरु को छ ? गफ गरेर हुन्छ ?,’ उहाँले भन्नुभयो, ‘२०५१ सालमा हामीले १ सय रुपैयाँमा सुरु गरेको सामजिक सुरक्षा भत्ता, अहिले त्यसलाई ५ हजार पुर्याउने हाम्रो लक्ष्य छ, ४ हजार त छिट्टै पुर्याउँछौं, जनतालाई हेर्ने कोही छ अरु ?’

‘लडाईंमा होमिएका युवाहरू घाइते, शहीद परिवार, काख रित्याएका आमाबाउ, अभिभावकविहीन भएका नानीहरू छन्,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, ‘शस्त्रद्वन्द्वका सञ्चालकलाई त्यो सम्झनामा छ ?’ घाइते, शहीद र पीडित परिवारका पीडा आफूहरूले सुनेर मल्हमपट्टी लगाउन लागेको उहाँको तर्क छ ।

आफूहरू जनताको माया पाएको देखेर विपक्षीहरू रुन खोजेको ओलीले बताउनुभयो । एक भइरहेको पार्टी फुटाएर टालाटुलीको सरकार बनाउन पुष्पकमल दाहाल कुदेको उहाँको आरोप छ । ‘टालाटुली सरकार बनाउन कुद्या छ, प्रधानमन्त्री खाइदिनुस् भनेको छ,’ उहाँले भन्नुभयो, ‘अनि जनताले माया गरिदिनुपर्ने ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४