Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपति क्षेत्रबाट २० मेट्रिकटन फोहर व्यवस्थापन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 4K
    SHARES

महाशिवरात्रिका अवसरमा फागुन २७ गते हंसमण्डप क्षेत्रमा खाना खुवाउने, सांस्कृतिक कार्यक्रमसहित भक्ति सङ्गीतसमेत आयोजना गरिएको थियो । हंसमण्डप क्षेत्रमा प्लाष्टिक, कागजका प्लेट, प्लाष्टिक र कागजका गिलास, बोत्तललगायत फोहर यत्रतत्र फालिएका अवस्थामा वाग्मती सफाइ महाअभियानले सफा गरेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो ।

फोहरको डङ्गुर जम्मा भए पनि तीन दिनदेखि सफा नगरी थुप्रिएको अवस्थामा भेटिएको अभियानकर्मीको गुनासो छ । भोजन एवं अन्य गतिविधि गर्ने समूहलाई नै सफा गराउन नसकिएको भेटिएको जनाइएको छ ।

सफाइमा मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डे, तिलगङ्गा सफाइ समूह, चक्रपथको उत्तरखण्ड र मैतीदेवी सफाइ समूह पनि पशुपति क्षेत्रको सफाइमा केन्द्रित भएका जनाइएको छ ।

महाअभियानले यसअघि फागुन २२ गतेको सफाइ पनि पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटसम्म गरेको थियो । महाशिवरात्रिमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले महाशिवरात्रिअघि र पछिका दुवै शनिबार पशुपति क्षेत्रमै सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताउनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारीका बेलासमेत निरन्तर हुँदै आएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि नदीका विभिन्न स्थानका साथै यसका सहायक नदीसमेत सफाइ भइरहेको छ ।

महाअभियानबाट प्रभावित भएर देशका मुख्य शहर एवं नदी क्षेत्रमा सफाइ शुरु भएको छ । हाल देशभर १०७ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती नदी किनारमा रहेका मठमन्दिरमा विशेष मेला लाग्ने बेलामा सफाइ महाअभियान तिनै मठमन्दिर केन्द्रित हुने गरेको छ ।

नदी किनारमा रहेका मठमन्दिर व्यवस्थापन समिति एवं स्थानीय सरकारका एकाइ सफाइमा केन्द्रित नभएको भेटिएको अभियानकर्मीको गुनासो छ । शहर, नदी, सम्पदा सफा राख्ने हो भने सबै संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४