Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपासँग कार्यगत एकता गर्ने माओवादी केन्द्रको प्रस्ताव, ओलीविरुद्ध संयुक्त मोर्चा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 4K
    SHARES

आज (शनिबार) बिहान माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयमा जसपाका नेताहरुसँग छलफल भएको थियो । उक्त छलफलमा माओवादी केन्द्रले जसपासँग आगामी चुनावसम्मका लागि कार्यगत एकता गरेर सँगै जाने प्रस्ताव गरेको हो ।

स्रोतका अनुसार जसपाका नेताहरु नयाँ सरकारको समीकरणबारे छलफल गर्न पेरिसडाँडा पुगेका थिए । सो क्रममा सरकारमा मात्र नभएर चुनावसम्मै कार्यगत एकता गरेर जाने प्रस्ताव माओवादी केन्द्रले गरेको बताइएको छ ।

छलफल सकारात्मक रहेको र सरकार तथा चुनावसम्म सहकार्य गर्न सकिने जसपाका नेताहरुले माओवादीका नेताहरुसामु प्रतिक्रिया जनाएका थिए ।

साे क्रममा दुवै पार्टीबीच प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सर्वसत्तावादलाई परास्त गर्नेगरी एकै ठाउँ उभिने विषयमा समेत छलफल भएकाे बताइएकाे छ । जसपा अध्यक्ष उपेन्द्र यादवले ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको र दुवै पार्टीले कार्यगत एवं रणनैतिक माेर्चा बनाउने बताए ।

उनले ओली नेतृत्वकाे सरकारमा भने कुनै हालतमा पनि सहभागी हुन नसकिने प्रतिक्रिया दिए । छलफलबाट बाहिरिने क्रममा यादवले भने, ‘बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा छलफल भयो । हामी यही सरकारमा सहभागी हुँदैनाैँ ।’ यादवले नेपाली कांग्रेससँग पनि यही विषयमा छलफल भएकाे र चाँडै नै ओलीलाई सरकाबाट हटाउनेबारे तीन दलबीच छलफल हुने जानकारी समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४