Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकमा प्रवेश गरेर निस्किए भीम रावल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 5.1K
    SHARES

शुक्रबार एमालेका वरिष्ठ नेता माधव नेपाल र उनी निकटका नेताहरुको जिम्मेवारी खोसेर प्रधानमन्त्री समेत रहनुभएका ओलीले विभिन्न पदहरुमा अाफू निकटका नेताहरुलाई मनोनयन गर्नुभएको  थियाे । त्यसको एक दिन पनि नबित्दै माधव नेपाल पक्षका प्रभावशाली नेता भीम रावल भने शनिबार एक बिहानै बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरिक हुनु भएको हाे ।

उहाँ बिहान पेरिसडाँडामा भएको नेकपा माओवादी केन्द्रको बैठकमा ९:३० बजे प्रवेश गरेको स्रोतले बताएको छ । जबकि माओवादीको बैठक ९ बजेबाटै सुरु भइसकेको थियो ।

त्यहाँ नेता रावलले ३० मिनेट छलफल गरेको खुलेको छ । तर माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा के-के विषयमा कुराकानी भयो भन्नेबार खुलेको छैन । पेरिसडाँडाबाट बाहिरिँदै गर्दा रावलले संचारकर्मीहरुलाई कुनै प्रतिकृया दिन नचाहेको पनि बताइएको छ ।

पेरिसडाडाँबाट बाहिरिएपछि नेता रावल सिधै नयाँबानेश्वरको अर्याल होटलतर्फ लाग्नुभएको छ । त्यहाँ (एमाले) वरिष्ठ नेता माधव नेपाल समुहको स्थायी समिति बैठक बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४