Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिता : लुम्बिनीका मदन फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २७ २०७७
  • 5.1K
    SHARES

काठमाडौं,/ लुम्बिनी प्रदेशका मदन बस्नेत प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिताको पुरुष ४५ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

बर्दिया जिल्ला पेन्केक सिलात संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा मदनले सुदूरपश्चिमका पदम पुनलाई पराजित गरे । फाइनलमा मदनको भेट कर्णाली प्रदेशका रोमन ज्ञवालीसँग हुनेछ । अर्को सेमिफाइनलमा रोमनले प्रदेश २ का प्रदीप रोकालाई हराएका थिए ।

 

बारबर्दिया नगरपालिकाको धमपुरमा भइरहेको प्रतियोगिताको पुरुष ४० केजीमा लुम्बिनीका जितेन्द्र बुढा र कर्णालीका सविन विकले फाइनलमा स्थान सुरक्षित गरे ।

सेमिफाइनलमा जितेन्द्रले गणडकी प्रदेशका मोहन पाण्डे तथा सविनले आयोजकका नमराज भण्डारीलाई पाखा लगाउदै फाइनल भिडन्त पक्का गरेका हुन् ।

बारबर्दिया नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न ७ प्रदेश र आयोजक गरी ८ टिमका ८२ खेलाडी सहभागी छन् ।

पुरुष/महिलाको एकल टुंगल (काता)सहित प्रतियोगितामा ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता शनिबारसम्म जारी रहने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४