Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विप्लव समूहका नेता-कार्यकर्ता अझैँ कारागारमै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २७ २०७७
  • 5.6K
    SHARES

‘विप्लव’ समूहका नेता÷कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको जिल्ला कारगारका प्रमुख धनबहादुर घर्तीले बताए । कारागारमा चन्द समूहका जिल्ला कमिटी सदस्यहरू सागर शाही (बाजिलाल), जोगबहादुर कठायत, देवदत्त अवस्थी र राजेश थापा तथा साधारण सदस्य लक्ष्मण सिंह गरी जम्मा पाँच जना जिल्ला कारागार बझाङमा रहेको कारागार प्रमुख घर्तीले जानकारी दिए

चन्द समूहको नेकपा र नेपाल सरकारबीच वार्ता सफल भएपछि नेकपाका कार्यकर्ता छाड्न गृहले परिपत्र गरेको थियो । चन्द समूहका जिल्ला कमिटी सदस्य शाही वि.सं. २०७६ चैत २ गते बझाङको थलारा गाउँपालिकाबाट पक्राउ परेका थिए भने कठायत २०७७ मङ्सिर २७ गते धनगढीबाट, थापा २०७७ असोज ६ गते, सिंह २०७६ पुस ८ गते बुङ्गल नगरपालिकाबाट र अवस्थी २०७६ असोज २४ गते पक्राउ परेका थिए ।

जिल्ला अदालत बझाङले तीन जनालाई चन्दा असुली, हातहतियार खरखजना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो भने थापालाई थप दुई बहुविवाह तथा चोरी मुद्दासमेत लगाएको छ । सिंहलाई पनि ज्यान उद्योग मुद्दा लागेको कारागार प्रमुख घर्तीले जानकारी दिए । यता सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले भने जिल्ला कारागार बझाङमा चन्द समूहका पाँच नेता कार्यकर्ता रहेको र उनीहरूको मुद्दा जिल्ला प्रशासन कार्यलयमा नभएकाले केही समय लाग्नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४