Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीतर्फ संकेत गर्दै दाहालले भने, ‘म छाड्नेवाला छैन’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २७ २०७७
  • 3.9K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उमेर बढ्दै गएपनि आफूले क्रान्ति गर्न नछाड्ने बताउनुभएको छ । बिहीबार माओवादी केन्द्रनिकट स्वास्थ्यकर्मीहरुको भेललाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो उमेर ६७ वर्ष भए पनि अझै क्रान्तिको भोक रहेको बताउनुभयो ।

‘उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए’ उहाँले भन्नुभयो, ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म छोड्नेवाला छैन, म लड्नेवाला छु ।’

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो प्रतिवेदन लेख्दा आफूले नयाँ क्रान्ति गर्ने सोच बनाएको बताउनुभयो । उहाँले आफू पुनः दुई चार वर्ष जनतामाझ गएर आफ्नै खुट्टामा उभिएर मात्र काठमाडौं आउने खुलासा गर्नुभयो ।

नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै दाहालले त्यसलाई सुधार गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो, अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४