Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ज्येष्ठ नागरिकलाई गाउँपालिकाको कोसेली कार्यक्रम, एकजनालाई २५ सयको प्याकेज


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २७ २०७७
  • 5K
    SHARES

प्यूठान । झिमरुक गाउँपालिकाले जेष्ठ नागरिकका लागि कोसेली उपलब्ध गराउन थालेको छ । ज्येष्ठ नागरिकको सम्मान गर्दै ८४ वर्ष उमेर पुगेका नागरिकका लागि गाउँपालिकाले घर–घरमै पुगेर कोसेली उपलब्ध गराउँदा ज्येष्ठ नागरिकसमेत दङ्ग परेका छन् ।

प्यूठानको झिमरुक गाउँपालिकाले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकका लागि घर–घरमै पुगेर केशेली उपलब्ध गराउन थालेकोे छ । पालिकाले उपाध्यक्ष कोसेली कार्यक्रममार्फत गाउँपालिका भित्रका १ सय ५० जेष्ठ नागरिकका लागि कोसेली उपलब्ध गराउन थालेको हो । गाउँपालिकाकी उपाध्यक्ष पवित्रा जिसी घरपरिवारबाट अपहेलित हुन नपरोस् र ज्येष्ठनागरिक सम्मानका साथ जिउन सकुन् भन्ने उद्देश्यले कोसेली कार्यक्रम लागू गरेको बताउनुहुन्छ ।

गाउँपालिकाले यस आर्थिक वर्ष ३ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरीे एक जना जेष्ठ नागरिकका लागि २ हजार पाँच सय रुपैयाँ बराबरको हर्लिक्स, साबुन, चेवनप्रास, रुमाल, लगायतका सामग्री उपलब्ध गराएको छ । गाउँपालिकासम्म आउन नसक्ने जेष्ठ नागरिकको घरमै पुगेर हातमै कोसेली थमाउने गरिएको छ । कोसेली थमाउँदा ज्येष्ठ नागरिकबाट आर्शिवादसमेत पाएको जिसीको अनुभव छ ।

‘घरले जा–जा र वनले डाक्दै गरेका’ उमेरले कोल्टे फेर्दै गरेका जेष्ठ नागरिकलाइँ गाउँपालिका मार्फत सहयोग उपलब्ध गराउन थालेपछि जेष्ठ नागरिक पनि मख्ख देखिन्छन् । गाउँपालिका मार्फत नियमित स्वास्थ्य जाँचसँगै कोसेली दिन थालेपछि उनीहरू पनि दङ्ग देखिन्छन् । पालिकाले घरमै पुगेर काशेली तथा नियमित स्वास्थ्य जाँच गर्न थालेपछि गाउँ–गाउँमा सिंहदरबार आएको अनुभूति भएको ज्येष्ठ नागरिकहरूको भनाइ छ ।

पालिकाले जेष्ठ नागरिकसँग उपाध्यक्ष कार्यक्रममार्फत जोडिएका जेष्ठ नागरिकले कोसेली पाउन थालेपछि उनीहरूको दिनचर्या पनि बदलिएको छ । छिनछिनमा तलतल लाग्दासमेत कोसेली खान पाएका उनीहरूले लामो समयपछि ज्येष्ठ नागरिकलाई सरकारले यसरी सम्झेकोमा खुशी छन् ।

पालिकाले सञ्चालन गरेको यस्तो नमुना कामलाई आगमी दिनमा पनि नियमित निरन्तरता दिन सके ज्येष्ठ नागरिकप्रतिको सम्मान र प्रतिष्ठालाई बचाइराख्ने थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४