Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्टीमा नेपाल समूहका नेताहरूलाई सम्मानजनक व्यवहार हुन्छ– सुवास नेम्वाङ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले माधवकुमार नेपाल समूहका नेताहरूलाई सम्मानजनक व्यवहार हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले अरु नेताहरूलाई झैं सम्माजनक व्यवहार नै हुने बताउनुभयो । उहाँले सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र व्यूँतिएकाले उहाँहरू हाम्रै दलको नेता भएको स्पस्ट पार्नुभयो ।

एमाले र माओवादी केन्द्रपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा एमालेका माधव नेपाल समूहका नेताहरुले माओवादी नेताको समर्थन गरेपछि ओली समूहका नेताहरुले नेपाल पक्षीय नेताहरुको कटाक्ष गर्दै आएका छन् ।

नेम्वाङले सत्ता समीकरणका लागि अहिले एमालेले कुनै पनि प्रयास नगरेको बताउनुभएको छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको अवस्थामा आफूहरू बहुमत पुगेकाले सत्ता समीकरणको कुराकानीनै नलागेको उहाँको भनाइ छ ।

यद्यपि नेम्वाङले जसपाका नेताहरूसँग निरन्तर छलफल भएको भने स्वीकार गर्नुभयो । बैठक सुरु हुनु अघि पनि जसपा नेताहरूसँग छलफल भएको बताउँदै उहाँले सरकार जसपाको मागमा सकारात्मक भएको स्पस्ट पार्नुभयो ।

जसपाका नेताहरूले रेशम चौधरी, मधेश र थरुहट आन्दोलनका क्रममा थुनामा राखेका आफ्नो सांसदहरू फिर्ता र संविधान संसोधनमो माग गर्दै आएको छ । केपी ओली सरकारले आफूहरूलाई पहिले नै झुक्याइसकेकाले माग पूरा नभएसम्म सरकारमा नजाने जसपा नेताहरूको अडान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४