कार्यक्रमका प्रमुख वक्ताहरुमा माइती नेपालकी संस्थापक, सन् २०१० सीएनएन हिरो अवार्ड विजेता तथा प्रदेश नंं ३ की पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला, चर्चित अभिनेत्री तथा चलचित्र निर्मात्री रेखा थापा र युवा अभियन्ता/अधिकारवादी तथा विवेकशील नेपालकी नेतृ रजिया बानु रहेका थिए ।
उक्त कार्यक्रममा कलेजका प्रमुख शैक्षिक सल्लाहकार प्राडा कमलदीप ढकाल, प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोले, प्रिन्सिपल प्रजित कुमार तिमल्सिनालगायत विद्यार्थी, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
आमन्त्रित वक्ताहरुले यस कलेजमा अध्ययनरत छात्र–छात्राहरुले सोधेका महिला अधिकार, सशक्तिकरण, समावेशिता तथा महिला हिंसा सम्बन्धी प्रश्नहरुको जवाफ समेत दिएका थिए ।
आमन्त्रित वक्ताहरुले यस कलेजमा अध्ययनरत छात्र छात्राहरुले सोधेका महिला अधिकार, शशक्तिकरण, समावेशिता तथा महिला हिंसा सम्बन्धी प्रश्नहरुको जवाफ समेत दिएका थिए । इम्पेरियल विजनेश कलेज फ्रेण्डस क्लबद्वारा आयोजित उक्त कार्यक्रमलाई रुपा खड्काले सञ्चालन गारेकी थिइन् ।