धादिङ ,/धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।रुपन्देहीको भैरहवाबाट सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको ट्रक धादिङमा दुर्घटना हुँदा दुई जनाको मृत्यृ भएको जनाइएको छ । पृथ्वी राजमार्गको बेनीघाटबाट लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रक नदीमा खस्दा काभ्रेको बनेपा नगरपालिकाका ट्रकका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरीका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । प्रतिक्रिया सम्बन्धित समाचार बूढीगण्डकी बाढीः १५ वटा पशु बगे, हेरचाहमा बसेका चार जना सम्पर्कविहीन बूढीगण्डकीमा बाढीपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय, सहयोगका लागि १११५ मा सम्पर्क गर्न आग्रह कैलाशकुट सामाजिक अभियानद्वारा पूर्ण आरोग्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना देशका हिमाली र पहाडी भूभागमा हिमपात र वर्षाको सम्भावना बूढीगण्डकीमा आकस्मिक बाढी, आरुघाटसम्म जोखिम