पूर्वबाट पश्चिम तर्फ आउदै गरेको मे १ ख २७४६ नं, को बस र बिपरित दिशा तर्फ जादै गरेको को ३८ प ४१९४ नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा स्कुटर चालक ईलाम चुलाचुली गाउँपालिका वडा नं ४ बस्ने ३८ वर्षका राजेन्द्र देवानको मृत्यु भएको हो ।
देवनसँगै पछाडि सवार सोेही स्थानका ४० बर्षका पूर्ण राई गम्भीर घाइते भएका छन् । दुर्घटना पछि उनीहरु दुवैलाई उपचाका लागि बीएण्सी अस्पताल बिर्तामोडमा लगिएको थियो ।
जसमा देवनको उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।
अर्का बसका चालक झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं ११ नयाँ बस्तीका वर्ष ४० बर्षका मान बहादुर पुरीलाई प्रहीले नियन्त्रणमा लिइसकेको छ । घटनका सम्बन्धमा थप अनुशन्धान भइरहेको झिलझिले प्रहरीले जनाएको छ ।