काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो ।
सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उहाँले पहिलो पटक बैठक बोलाउनुभएको हो ।बैठकका एजेण्डा नभएपनि सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्ने मन्त्रीहरुले बताएका छन् ।सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्री ओलीले आफू पक्षीय संसदीय दलको बैठक बोलाएर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताउनुभएको थियो ।