Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री भन्छन् : संसदको हालत हेर्नुस् त, पहिलो गासमै झिँगा !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो दिनको बैठकमा भएको बहिस्कार र नाराबाजीलाई पहिलो गासमै झिँगा भनी टिप्पणी गरेका छन् ।

आइतबारको संसद बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै नेकपाको प्रचण्ड–माधव समूहले बहिस्कार गरेको थियो भने विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले रोष्टम घेराउ गरेर नाराबाजी गरेको थियो ।

प्रधानमन्त्री ओलीले भने यसलाई गजबको सेटिङ भनेका छन् । ‘कोही कुदेर बाहिर निस्किए, कहाँ हिँडेका हुन् ? के हतार थियो थाहा छैन । केहीले बेल घेरेर नारा लगाए’ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भने, ‘संसदको हालत हेर्नुस् त, पहिलो गासमै झिँगा भने जस्तो ।’

यस्तै हुन्छ भनेर आफूले संसद विघटन गरेको उनले बताए । ‘दुर दिन देख्नु थियो पुनर्स्थापना भयो’ भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कमसेकम मेरै मेख मार्न पनि हिजो त चुप लागेर बस्नु पर्थ्यो । हामीले मुद्दा लडेर जितेपछि यति शान्त भएर चल्छ भनेर देखाउनुपर्थ्यो ।’

तर पहिलो दिन नै बेल घेराउ गरेर नारा लगाएको भन्दै ओलीले भने, ‘के बिग्रियो भन्दा एसिड आक्रमणविरुद्धको अध्यादेश सरकारले टेबल गर्न आँट्यो । सक्छौ भने फेल गरे भइगो नि । फेल गर्ने आँट कसैको छ ? छैन । मन पनि परेको छैन, फेल गर्ने आँट पनि छैन । त्यसकारण अध्यादेश पेश गर्न पाइँदैन भनेर नाराबाजी ।’संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रचण्ड माधव समूहले बैठक बहिस्कार र कांग्रेस जसपाले नाराबाजी गरेको थियो, तर प्रधानमन्त्रीले एसिड आक्रमणविरुद्धको अध्यादेशमा सरकारको विरोध गरेको भनिदिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४