Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भीम रावललाई प्रधानमन्त्रीको जवाफ: ‘तपाईं कुन पार्टीको हो भनेर सोध्न नपरोस्’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 2.9K
    SHARES

काठमाडौं, /  प्रधानमन्त्री केपी ओलीले आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भनेर अदालतले भनिसकेको प्रष्ट्याउनु भएको छ ।

आइतबार बसेको पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई कुन पार्टीको हो भनि गरेको प्रश्नको जवाफ दिँदै आफ्नो पार्टीबारे अदालतले भनिसकेको बताउनुभएको हो ।

आइतबारको संसद बैठकमा रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठेको उल्लेख गर्नुभएको थियो ।

सोमबार महिला दिवससम्बन्धि कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिइकनै भन्नुभयो, ‘मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ?’

आफूलाई दाहाल–नेपाल समूहले नेकपाको साधारण सदस्यबाट निश्कासन गरेको स्मरण गर्दै ओलीले आफू त्यो पार्टीको सदस्य नभएको पनि बताउनुभयो ।

आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै ओली–दाहाल नेतृत्वको नेकपाको आधिकारिता नरहेको फैसला सुनाएको थियो ।

फैसलामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता हुनुभन्दा अघिको पूर्ववतः अवस्थामा रहेको पनि जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४