Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिलालाई अगाडि बढाउन निभिया, फूडमाण्डु र दराजको यस्तो अभियान


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । छालाको स्याहार गर्ने विश्वको नम्बर वान ब्राण्ड निभियाले फूडमाण्डु र दराज नेपालसँग सहकार्य गरेको छ ।अन्तर्राष्ट्रिय १ सय ११ औं नारी दिवसको अवसर पारेर निभियाले उद्यमीमार्फत महिलालाई सशक्तिकरण गर्ने उद्देश्यका साथ अनलाइन् सपिङ्ग स्टोर दराज र फूडमाण्डुसँग सहकार्य गरेको घोषणा गरेको हो ।

यो सहकार्यले नेपालमा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरुलाई पहिचान दिन र अद्भूत उपलब्धि हाँसिल गर्न मद्दत गर्ने बताइएको छ ।निभिया, फूडमाण्डु र दराजको अग्रसरता लिइएको यो अभियानले अन्य महिलाहरुलाई अवसरहरु सिर्जना गर्ने, चुनौती स्वीकार्नलाई हौसला प्रदान गर्ने महिलाहरुको उपलब्धिहरुलाई अझ व्यापक बनाउने उद्देश्य लिएको छ ।

२०२१ को अन्तर्राष्ट्रिय नारी दिवसले तय गरेका ‘छनौट नै चुनौती’ हो भन्ने नारालाई पछ्याउँदै सफल उद्यमीहरुले आफ्ना सफलताका कथा सुनाएर अरुलाई हौसला प्रदान गर्ने अभियानको उहेश्य छ ।निभिया इण्डियाका एसोसिएट डाइरेक्टर सुधाँशु कृष्णले महिला उद्यमीहरुलाई एउटा मञ्च उपलब्ध गराउन चाहेको बताउनु भयो ।

‘जहाँ उनीहरु आफ्नो सफलताका कथा सुनाउन सकुन्, उत्सव मनाउन सकुन् र
अन्य महिलाहरुले उनीहरुको उत्सवमा साथ दिन सकुन्’, कृष्णले भन्नुभयो ।फूडमाण्डुकी ब्राण्ड मार्केटिङ्ग म्यानेजर दिक्षा महतले निभिया जस्तो ब्राण्डसँग सहकार्य गरेर आफ्नै स्थान बनाएका महिलाहरुको अद्वितीय उपलब्धिहरुलाई मनाउन र सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

अभियानाको विस्तार स्वरुप महिला दिवस मनाइरहेका सबै फूडमाण्डु प्रयोगकर्ताहरुलाई निभियाको प्रोडक्टहरुमा २० प्रतिशत सम्मको छुटको अफर दराजले राखेको छ ।अभियानको सुरुवात स्वरुप ४ जना महिला उद्यमीहरुको कथा र अनुभवलाई एक रुचीकर भिडियो मार्फत् प्रस्तुत गरिएको छ । रेष्टुरेन्ट सञ्हचालन गरेर बसेका अँशुज् होममेड किचन, चाइना टाउन, पिज्जा कनेक्सन र डिटक्स क्याफे सञ्चालकरुले आफ्ना अनुभवहरु सुनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४