Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वमन्त्री खाती दम्पतीको एकैदिन र एउटै समयमा निधन, एउटै चितामा अन्तिम संस्कार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 5.4K
    SHARES

काठमाडौं, /  वरिष्ठ राजनीतिज्ञ एवं पूर्वमन्त्री पिताम्बर ध्वज खाती दम्पतीको आइतबार निधन भएको छ ।

पूर्वमन्त्री पिताम्बर ध्वज खातीसँगै उहाँकी धर्मपत्नी शिव कुमारी खातीको एकैदिन र एउटै समयमा निधन हो ।

बिहान दम्पती अचानक बिरामी भए पछि दुबैलाई नर्भिक अस्पताल लगिएको थियो ।

आइतबार दिउँसो १ः३० बजे खाती दम्पती एकैपटक निधन भएको हो ।

पूर्वमन्त्री खाती दम्पतीको एकैदिन र एउटै समयमा निधन, एउटै चितामा अन्तिम संस्कार

पूर्वमन्त्री खाती श्रीमती करीब एक वर्षदेखि बिरामी भएपनि पूर्वमन्त्री खातीलाई भने एकसाता अघिदेखि स्वासप्रस्वासमा समस्या देखिएको थियो ।

पूर्वमन्त्री खाती वि.स. २०२९ सालदेखि २०३५ सालसम्म ४ पटक मन्त्री बन्नु भएको थियो ।

पूर्वमन्त्री खाती दम्पतीको एकैदिन र एउटै समयमा निधन, एउटै चितामा अन्तिम संस्कार

उहाँ गृहराज्य मन्त्री, यातायात राज्यमन्त्री, स्वास्थ्य मन्त्री र उद्योग वाणिज्य मन्त्री भइसक्नु भएको थियो ।

वि.स. २०१४ सालमा प्रेम विवाह गरेका खाती जोडीको अन्तिम संस्कार समेत एउटै चितामा गरिएको हो ।

खातीको ८७ वर्षको उमेरमा निधन भएको हो ।

खातीका १ छोरा र ४ छोरी हुनुहुन्छ छन् ।

पूर्वमन्त्री खाती दम्पतीको एकैदिन र एउटै समयमा निधन, एउटै चितामा अन्तिम संस्कार

स्नातकसम्म अध्ययन गर्नुभएका खाती लेखन तथा साहित्यमा पनि रुचि राख्नु हुन्थ्यो ।

उहाँ श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

पूर्वमन्त्री खाती दम्पतीको एकैदिन र एउटै समयमा निधन, एउटै चितामा अन्तिम संस्कार

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४