स्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाही काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको बेड नं. ८१५ मा भर्ना भएको र उनकाे उपचार भइरहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचीव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
शाही शनिबार सो अस्पतालमा भर्ना भएका थिए । उपचारपछि अहिले स्वास्थ्यमा सुधार आएको पनि आचार्यले बताए । ‘मुख्यमन्त्री ज्युको पुरानै समस्या हो, अहिले सुधार आइसकेको छ,’ आचार्यले भने, ‘सायद आज नै डिस्चार्ज हुनुहुन्छ ।’
मुख्यमन्त्री शाही पार्टीको बैठकको सिलसिलामा काठमाडौं पुगेका थिए ।