काठमाडौं, / प्रधानमन्त्री केपी शर्मा ओली आफूनिकट सांसदहरुलाई संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन निर्देशन दिनुभएको छ । शनिकार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बैठकमा उपस्थित सबै सांसदहरुलाई संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन निर्देशन दिनुभएको हो ।
शनिबारको बैठकमा नेकपा उपाध्यष वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा अनुपपस्थित थिए । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ।
यसअघि प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो। उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ।
फागुन २३ गते आइतबार अर्थात् भोलि संसद बैठक बस्दैछ।