काठमाडौं, / मुलुकमा थप ४७ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १४ र पुरुषको संख्या ३३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६२ संक्रमित निको भए, ० को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६२ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ८२८ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ८ सय १७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५३५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ८८ हजार ७२५ जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा कुनै कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।