Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभियुक्त पक्राउ परेपछि सम्झना बोहराका आफन्तले बुझे शव


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 4K
    SHARES

गुल्मी । हत्या आरोपमा प्रहरीले अभियुक्त पक्राउ गरेपछि गुल्मीको रेसुंगा नगरपालिका-३ भाँडगाउँमा मृत भेटिएकी सम्झना बोहराको शव उनका आफन्तले बुझेका छन् ।

गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार शुक्रबार बिहान सम्झनाको शव उनको परिवारले बुझेको हो । फागुन १७ गते भेटिएको शव पोष्टमार्टम गरेपनि आफन्तले हत्यामा संलग्न पक्राउ नपरेसम्म शव नबुझ्ने अडान रखेका थिए ।

बिहीबार प्रहरीले सम्झनाको हत्या आरोपमा ४७ वर्षीय लालबहादुर खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेपछि माइती पक्षको सहमतिमा सम्झनाका ससुरा गणेशबहादुर खत्रीले शव बुझेको पाण्डेले बताए ।

प्रहरीका अनुसार नाताले ससुरा पर्ने लालबहादुर हत्यापछि घटना ढाकछोप गर्न पीडित परिवार र स्थानीयले गरेको आन्दोलनमा पनि सहभागी भएका थिए । उनले सम्झनाको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । तर हत्या गर्नुको कारण भने खुलेको छैन ।

सम्झना बोहरा गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । अभियुक्त लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । अभियुक्त लालबहादुरले नै गाउँमा शवको गन्ध आएको भनी स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानका लागि प्रहरीले लालबहादुरलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत गुल्मीबाट अनुमति लिएको छ । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते सम्झनाको शव घरनजिकैको झाडीमा टाउको बोराभित्र राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो ।

सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु ५२ वर्षकी तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४