Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदबाट सरकार फाल्दा बर्बादै भयो भनेर सडकमा आउदैनौं: मन्त्री अर्याल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 3.9K
    SHARES

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसद्बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बरु त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताउनुभएको छ ।

गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप (वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगीता)को एवं विरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको प्रसंग उल्लेख गर्दै उहाँले सरकार हटाउने नै भए विधि, प्रक्रियामार्फत आउन आग्रह गर्नुभयो ।

‘हामी सम्मानित संसदबाट सरकार फेर्दा खुसी नै हुन्छौ । हामी जनताका मान्छे हौ, जनताको बिचमा आउँदा खुसी नै हुन्छौं’, मन्त्री अर्यालले भन्नुभयो, ‘तर संसद आह्वान भएको छ । प्रधानमन्त्री हटाउछौ भन्नेहरुले विधिसम्मत ढंगले फाल्नुपर्छ । संसद् शुरु भएर प्रधानमन्त्री हटाएमा हामी बर्बादै भयो भनेर हामी सडकमा आउने वाला छैनौं ।’

पार्टीका शीर्ष नेतृत्वबीचको अस्वस्थ खेल, पद र शक्तिको खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा परेको बताउनुभयो ।

यसले अस्थिरता ल्याएको भन्दै उहाँले फेरि सत्ताको गणितीय खेल शुरु भएको भन्दै यसले मुलुकमा स्थायी सरकारको परिकल्पना भताभुंग पारिदिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४