Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारमा सहभागिताबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय लिने बताइएको छ ।

यसअघि हिजो बसेको कांग्रेसको पदाधिकारी बैठकले पूनस्थापित प्रतिनिधि सभा बैठकलाई कसरी उपयोग गर्ने भन्ने बारे ठोस धारणा बनाउन सकेन ।

हिजो साँझ सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक नयाँ सरकार गठन र अविश्वासको प्रस्ताव बारेमा कुनै निर्णय नगरी टुंगिएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछिको अवस्थाका विषयमा पार्टीको धारणा तयार गर्न सभापति देउवाले बैठक बोलाउनुभएको थियो ।

बैठकमा प्रतिनिधिसभा पुनस्थापना पछि आइतबारबाट सुरु हुन लागेको संसदको अधिवेशनका विषयमा कांग्रेसले खेल्नुपर्ने भुमिकाबारे विभिन्न कोणबाट छलफल भएको, तर निर्णयमा नपुगेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले सरकार र चन्द नेतृत्वको विप्लव माओवादी बीच भएको समझदारीलाई सकारात्मक रुपमा लिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४