Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘सृष्टिसँग दृष्टि’ टक शो चलाउँदै दृष्टिविहीन सृष्टि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १९ २०७७
  • 4.9K
    SHARES

काठमाडौं । मोटिभेस्नल स्पीकरको रूपमा चिनिएकी सृष्टि केसीले टेलिभिजन कार्यक्रम सञ्चालन गर्नु हुने भएको छ ।मर्यादा मिडियाले निर्माण गर्न लागेको ‘सृष्टिसँग दृष्टि’ कार्यक्रममा उहाँ प्रस्तोताको रूपमा देखिन लाग्नुभएको हो ।

संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पुर्याएका व्यक्तिहरूसँगको कुराकानी उनको कार्यक्रममा देख्न सकिने निर्माण कम्पनीले जनाएको छ ।डान्सिङ रियालिटी शो र मोटिभेस्नल स्पीकरको रूपमा आफूलाई अब्बल सावित गरिसकेकी केसीले ‘टक शो’ आफ्नो लागि चुनौतीको विषय भएको बताउनु भएको छ ।

यद्यपि दर्शकलाई निराश नबनाउने उनको प्रतिबद्धता छ । कार्यक्रम नयाँ वर्ष २०७८ को दोस्रो सातादेखि राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ ।५ अंक छायांकन गरिसकिएको कार्यक्रमको मुख्य तथा सहायक प्रायोजकहरू अनुबन्ध गरेलगत्तै विस्तृत जानकारी दिइने निर्माण कम्पनीले जनाएको छ ।

को हुन् सृष्टि केसी ?

१६ वर्षमा आँखाको सामान्य एलर्जीले सताएपछि अस्पताल गएकी उहाँलाई औषधिको नकारात्मक असरले दृष्टि नै गुमाउनुपर्ने अवस्था आएको हो ।साहित्य, गायन र नृत्यमा रुचि राख्ने उहाँ त्रिभुवन विश्वविद्यालयको ०६५ सालको स्नातक परीक्षामा नेपाली साहित्य विषयमा विश्वविद्यालय ‘टपर’ हुनुहुन्छ ।उहाँले नर्वेजियन विश्वविद्यालयबाट ‘डान्स एन्थ्रोपोलोजी’मा स्नातकोत्तरसमेत गनुभएकाे छ ।

सृष्टिले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाउने, व्यक्तित्व विकासमा मद्दत पुर्याउने, आत्मबल बढाउने उद्देश्यले ‘ब्लाइण्ड रक्स्’ नामक संस्थाको स्थापना गनुभएकाे छ ।सृष्टिको जीवनमा आधारित ‘ब्लाइण्ड रक्स्’ बायोपिक बनिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४