Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण सुडानमा सशस्त्रको फर्म्ड पुलिस युनिट सर्वोकृष्ट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १८ २०७७
  • 8.8K
    SHARES

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा खटिएका विभिन्न देशका सुरक्षाकर्मीमध्ये नेपालको सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट ठहरिएको छ । शसस्त्र प्रहरी बलको फर्म्ड  पुलिस युनिट (एफपियु–१) सर्वोकृष्ट ठहरिएको हो ।

अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्धारा एलिन पिकेरिङ्गको नेतृत्वको चार सदस्यीय कार्य सम्पादन मूल्याङ्कन समितिले त्यहाँ खटिएका ६ युनिटमध्ये राजधानी जुवामा तैनाथ ‘नेपाल एफ.पि.यु.–१’ लाई सर्वोकृष्ट घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

सो समितिले तयार गरेको मूल्याङ्कन प्रतिवेदनमा सशस्त्र प्रहरीले शतप्रतिशत नतिजा ल्याएर सर्वोत्कृष्ट भएको कमाण्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुमार न्यौपानेले बताए ।  मिसनमा तैनाथ एफपियु बीचमा विभिन्न विधामा मूल्याङ्कन गरी उत्कृष्टता छनौट गरिन्छ । आठ विधामा युनिटहरूको बीचमा आन्तरिक प्रतिस्पर्धामा हुन्छ । हरेक विधामा चार अंकका दरले ३२ पूर्णाङ्क छुट्याइन्छ । १८ फेब्रुअरीमा लिइएको परीक्षामा सशस्त्र प्रहरीले ३२ अंक ल्याउन सफल भएको छ ।

सशस्त्र प्रहरीका एसएसपी कुमार न्यौपानेले नेतृत्व गरेको सो युनिटमा डिपुटी कमाण्डिङ अफिसर डिएसपी शिवप्रसाद गैहे, चिफ लजिष्टिक अफिसरमा डिएसपी रामजंग पाण्डे र चिफ अप्रेशन अफिसरमा डिएसपी अरुणकुमार शर्मा छन् । 

सो युनिटमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन् ।  दक्षिण सुडानमा नेपालका दुईवटा, रुवन्डाको तीनवटा र घानाको एक गरी जम्मा ६ वटा एफपियु परिचालित छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४