Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेसबुकमा बेचिदै अमेजनको जङ्गल !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १८ २०७७
  • 4.1K
    SHARES

ब्राजिलको अमेजन जङ्गलका विभिन्न भागहरु अवैधरुपमा फेसबुकमार्फत् खरिद बिक्री भैरहेको खुलासा भएको छ ।

बीबीसीका अनुसार राष्ट्रिय वन तथा आदिवासीहरुका लागि आरक्षित क्षेत्रलगायतका संरक्षित क्षेत्रहरु गैरकानुनीरुपमा फेसबुकमा बिक्री भइरहेको हो ।

फेसबुकको वर्गीकृत विज्ञापन सेवामा बिक्रीका लागि राखिएका कतिपय प्लटहरु १ हजारवटा फुटबल मैदान बराबर ठूलासमेत रहेका छन् ।

आफ्नो प्लाटफर्ममार्फत् विश्वकै निकै महत्वपूर्ण जङ्गलको अवैध कारोबार भैरहेको खुलासा भएसँगै फेसबुकले उक्त कार्य रोक्नका लागि स्थानीय अधिकारीहरुसँग सहकार्य गर्ने जनाएको छ । तर फेसबुकको प्लाटर्फममा भैरहेको अवैध व्यापार रोक्नका लागि आफैले स्वतन्त्र रुपमा कुनै कदम चाल्ने बारेमा खुलाएको छैन ।

फेसबुकका अनुसार उसको व्यापारिक नीतिमा क्रेता र बिक्रेताले अनिवार्य रुपमा कानुन तथा नियमहरुको पालना गर्नै पर्दछ ।

अमेजन जङ्गलको अवैध खरिद-बिक्रीबाट प्रभावित आदिवासी समुदायका अगुवाले भने त्यस्तो कार्य रोक्नका लागि कडा कदम चाल्न फेसबुकलाई आग्रह गरेका छन् ।

अभियानकर्मीहरुले चाहिँ संरक्षित अमेजन झङ्गलको सोसल मिडियामार्फत भैरहेको अवैध बिक्री रोक्न ब्राजिल सरकार नै इच्छुक नभएको आरोप लगाएका छन् ।

कसरी हुन्छ खरिद बिक्री ?

फेसबुकको मार्केट प्लेसमा गएर forest, native jungle, timber आदि शब्दलाई पोर्चिगिज भाषामा टाइप गरेर अमेजन जङ्गल क्षेत्रमा पर्ने कुनै पनि राज्यलाई लोकेसनको रुपमा हालेर सर्च गर्दा अमेजन जङ्गलका बिक्रीमा राखिएका प्रसस्तै त्यस्ता प्लटहरु भेटाउन सकिन्छ । कतिपय प्लटहरुमा त स्याटेलाइट तस्वीर र जीपीएस कोअर्डिनेट समेत दिइएको हुन्छ ।

यद्यपि यसरी फेसबुकमार्फत जग्गा किन्दा क्रेताले कुनै लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र भने पाउँदैनन् । त्यसैले अवैधरुपमा भैरहेको त्यस्तो खरिदमा संलग्न हुनु भनेको पैसाको बर्बादी बाहेक केही होइन ।

ब्राजिलको अमेजन जङ्गलमा पछिल्लो १० वर्षमा वन फडानी दर सबैभन्दा उच्च भएको छ । वन तस्करहरुका अनुसार सरकारी निकायबाट कुनै निरीक्षण नहुने भएकाले अमेजनको जङ्गल क्षेत्र बिक्रीमा कुनै डर छैन । उनीहरु जङ्गलका रुख काट्ने, आगो लगाउने गरेर ठाउँ खाली बनाउँछन् र तिनै प्लट बिक्रीका लागि फेसबुकमा हाल्दछन् ।

बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४