Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो रहेछ बिल गेट्सले आइफोन नचलाउने कारण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १८ २०७७
  • 6.1K
    SHARES

काठमाडौं । विश्वमा आइफोन प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै छ । संसारका सबैजसो हाइप्रोफाइल व्यक्तिहरुले आइफोन चलाउँदछन् । तर माइक्रोसफ्ट कम्पनीका सहसस्थापक बिल गेट्स चाहिँ आइफोन नचलाउने व्यक्तिमध्ये एक हुन् ।

हालैको एक अन्तरवार्ताका क्रममा गेट्सले आफूले आइफोन नचलाउने खुलासा गर्दै आइफोनको साटो एन्ड्रोइड फोन चलाउन मन पराउनुको कारण पनि खुलाएका छन् ।

उनले भने– मैले वास्तवमा एन्ड्रोइड फोन चलाउँछु । किनकी मलाई सबै कुरामा अद्यावधिक हुन मन पर्दछ । मेरो प्रायः खेलाउने फोन आइफोन हुनसक्दछ तर प्रयोगका लागि आफूसँग बोकेर हिँड्नेचाहिँ एन्ड्रोइड फोन हो । यसबाट के प्रष्ट हुन्छ भने गेट्सले आइफोन किनेका त छन् तर त्यो उनको दैनिक सञ्चारजन्य प्रयोगमा छैन ।

उनका अनुसार कतिपय एन्ड्रोइड निर्माताले माइक्रोसफ्ट सफ्टवेयर प्रि–इन्स्टल गर्ने हुनाले पनि उनलाई एन्ड्रोइड फोन अझ सहज बनेको हो प्रयोगका लागि ।

एप्पल अपरेटिंग सिस्टम एन्ड्रोइड जस्तो कस्टमाइजेसनका लागि लचक अपरेटिंग सिस्टम होइन । यस विषयमा बोल्दै गेट्सले अपरेटिंग सिस्टमलाई सफ्टवेयरसँगको जोड्नका लागि एन्ड्रोइड अपरेटिंग सिस्टम सजिलो भएको बताए ।

यद्यपि आइओएस १४ मा एप्पलले आइफोनलाई यसअघि भन्दा अधिक कस्टमाइजेबल र फ्लेक्सिबल बनाएको छ । साथै एप स्टोरमा माइक्रोसफ्टका एपहरु सजिलैसँग पाइन्छन् भने डिफल्ट ब्राउजर र इमेल क्लाइन्ट पनि सजिलैसँग परिवर्तन गर्न सकिन्छ ।

नयाँ सोसल मिडिया एप क्लबहाउसलाई अन्तरवार्ता दिने क्रममा बिल गेट्सले आफ्ना धेरै साथीहरुसँग चाहिँ आइफोन नै रहेको बताए । रोचक त के भने उनले आफूले एन्ड्रोइड फोन चलाउने भनेर अन्तरवार्ता दिएको क्लबहाउस नामक सोसल मिडिया एप हाल आइफोनमा मात्र उपलब्ध छ ।

अहिलेसम्म यो एप एन्ड्रोइडमा उपलब्ध नभए पनि गुगल प्ले स्टोरमा यसलाई ल्याउनका लागि कम्पनीले काम गरिरहेको बताइएको छ ।

क्लबहाउस एउटा अडियो च्याट सोसल नेटवर्किंग प्लाटफर्म हो । पछिल्ला केही महिनामा यसले व्यापक लोकप्रियता हासिल गरिरहेको छ । टेस्लाका सिइओ एलन मस्कले पनि यो प्लाटफर्मलाई प्रयोग गरिसकेका छन् ।

–एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४