Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुईवटा विश्वयुद्धमा बन्द नभएको ३०० वर्ष पुरानो क्याफे कोरोनाका कारण बन्द


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १६ २०७७
  • 4.8K
    SHARES

तस्वीर : डिजाइनबुम डटकमबाट


सामाजिक विषयमा भेनिसको इतिहास समृद्ध छ । तर त्योभन्दा समृद्ध उक्त सहरमा रहेको ‘क्याफे फ्लोरिन’ आफैँमा अर्को चर्चित क्याफे हो । भेनिसमा यसबाहेक चर्चित एवं पुरानो अरू कुनैपनि क्याफे पाउन सकिँदैन । ३०० वर्ष पुरानो यो चर्चित क्याफे दुईवटा विश्वयुद्धले बन्द गराउन नसके पनि यसलाई कोभिडले बन्द गराउन पुग्यो ।


कोरोना भाइरसको पहिलो चरणदेखि नै धरासायी बन्दै गएको यो क्याफेले पछिल्लो समय आफ्नो खर्च समेत उठाउन समस्या भएको भन्दै बन्द गर्ने निर्णय गरेको हो । यो क्याफेमा १८ औं शताब्दीको शृङ्गारको स्वाद पाउन, सूर्यको उदाउँदो किरणको साथमा अन्य ऐतिहासिक दरबारहरूको दृश्यावलोकन गर्न सकिन्छ ।



इटाली र विश्वको सबभन्दा पुरानो क्याफेको रूपमा रहेको यो यसले हालसालै डिसेम्बर २९ मा आफ्‍नो ३०० औं वार्षिकोत्सव कुनै तामझामबिना नै मनायो । २०१० मा आफ्नो २९० औं वार्षिकोत्सवमा विशाल पार्टी र लाइभ कन्सर्ट गरेर थप चर्चामा आएको यो क्याफे चार्ल्स डिकेन्सदेखि एन्डी वारहोलसम्मका सेलिब्रिटी ग्राहकका कारण पहिलेदेखि नै चर्चित थियो । तर कोरोना महामारीका कारण यसले पर्यटनमा ठूलो असर भोग्नु पर्‍यो । ‘हामी यस व्यवसायलाई जीवित राख्न यथाशक्य कोसिस गर्छौं,’ क्याफेका प्रबन्ध निर्देशक मार्केट पाओलिनी भन्छिन् ‘हामी सकेसम्म बन्द नहोस् भन्ने उद्देश्यका साथ काम गरिरहेका छौं ।’



यो क्याफे स्यान मार्को स्क्वायरमा सन् १७२० मा स्थापना भएको थियो । जसलाई इटालियन उद्यमी फ्लोरियानो फ्रान्सेस्कोनीले खोलेका थिए । जसको स्थानीय नाम फ्लोरिओ थियो । यो त्यतिबेला स्थानीयहरूको लागि भेला हुने उपयुक्त ठाउँ थियो । पछि यसमा पर्यटकहरू समेत आकर्षित हुन थाले ।


१८९५ मा  राजा उम्बर्टो र रानी मार्गिरीलाई श्रद्धाञ्जलि दिनको लागि पनि यही क्याफे रोजिएको थियो । पछि हलिउड फिल्महरूका दृश्यहरू यहीँ सुटिङ भए । जसमा हलिउडका अभिनेता म्याट डमोन र क्याथरिनले अभिनय गरेका थिए । मार्सेल प्रोस्ट र चार्ल्स डिकेन्स प्राय: सो क्याफेका नियमित ग्राहक थिए । साहित्यकार फ्रेडरिक नित्शे, कासानोभा र चर्चित हास्य कलाकार चार्ली चाप्लिन पनि यो क्याफेका नियमित ग्राहक थिए ।

रातो मखमलको कुर्सी, मार्बलको टेबुल र सुनौंला पत्ताहरूले ढाकिएका भित्ताहरू इटालेली मास्टर अन्टोनियो पास्कुट्टी, ज्युसेपे पोंगा र सिजेर रोटाले शताब्दी पुरानो कलाकृतिले सजाएका छन् । पाओलिनी भन्छिन्‌, “हामी अब चल्न नसक्ने अवस्थामा पुगेका छौं । महामारीले सबैलाई असर गरेको छ तर हामी विभिन्न सुविधाहरूबाट पनि लाभ उठाउन नसक्ने अवस्थामा पुगेका छौं ।’

२०१‌९ मा यस क्याफेको कुल कारोबार एक करोड डलरभन्दा बढी थियो तर २०२० मा ८० प्रतिशत व्यापारमा गिरावट आएको छ । पहिलो लकडाउन सुरु भएदेखि राज्यको तर्फबाट समेत कुनै सहयोग नपाएको क्याफे प्रशासनले जनाएको छ ।

‘क्याफे अझै मरिसकेको छैन । ‘मर्ने निश्चित भए पनि’ सेयरधारकहरूको सहयोग र बैंकबाट लिइएको ऋणबाट यो चलिरहेको छ । तर धेरै टिक्न सक्ने अवस्था छैन ।’ पाओलिनी भन्छिन् ‘अहिले हामीले यसलाई सञ्चालन गर्ने कुनै सम्भावना छैन । अब फेरि कहिलेदेखि खुल्छ, त्यो पनि अहिले भन्न सक्ने अवस्था छैन ।’ क्याफेमा हाल ७० जना स्टाफ छन् । यसबाहेक पनि केही आवश्यक परेको बेलामा मात्रै बोलाउने स्टाफहरू छन् ।

हालसालै इटालियन हुलाक कार्यालयले संघर्षका बाबजुद पनि क्याफेको शताब्दी सम्मानका लागि एउटा स्ट्याम्प बनाएको छ । स्ट्याम्प स्केच इटालियन कलाकार रीटा फन्तिनीले गरेकी हुन् । जसको पृष्ठभूमिमा दरबारको साथ क्याफेको विचित्र चित्रण गरिएको छ ।


                                                                                          वाल स्ट्रिट जर्लनलबाट


 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४