Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेयर कप क्रिकेट फागुन २२ देखि, ५ टिमले प्रतिस्पर्धा गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १३ २०७७
  • 3.7K
    SHARES

काठमाडौं । मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा हुने प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानले फागुन २२ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका चार टीम एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रतियोगितामा सोझै प्रवेश पाएको छ । त्यसपछि बाँकी ६ प्रदेशको संयुक्त टिमलाई पनि प्रतियोगितामा समावेश गराउने क्यानले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ दिने गरी यसअघि नै सम्झौता भइसकेको छ । यही प्रतियोगिताका लागि तयारी गर्न क्यानले क्रिकेट टिमको बन्द प्रशिक्षणसमेत स्थगित गरेको छ ।

५० ओभरको यस प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइने क्यानका सचिव अशोकनाथ प्याकुरेलले  जानकारी दिए । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने उनले बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४