Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब फेरि बिहेको कुरा गर्ने बेला भैसक्योः रीमा विश्वकर्मा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १३ २०७७
  • 3.8K
    SHARES

नायिका रीमा विश्वकर्माले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताएकी छिन् । ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीसँग कुरा गर्दै रीमाले आफ्नो बिहेको प्रसंग कोट्याइन् ।

संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी रीमाले भनिन्–‘अब बिहेको कुरा गर्दा हुन्छ । बिहेको कुरा गर्ने बेला भैसकेको छ ।’ तर, उनले दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताइनन् ।

संचारकर्मीले बिहेको प्रसंग कोट्याउँदा निर्देशक विशाल भण्डारीले बिहेको कुरा गर्दा रीमा उठेर हिड्न सक्ने बताएका थिए । त्यसको जवाफ दिदै उनले अब बेला भएको बताएकी हुन् ।

रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने पनि बताइन् । यस बिषयमा उनले भनिन्–‘हामी कोही पनि हरेक कुरामा पर्फेक्ट छैनौं । कहिलेकाही हामी कमजोर महशुश गरिरहेका हुन्छौं । हो, यस्तो बेलामा साथ दिने साथीको आवश्यकता पर्छ । यही नै मेरो विचारमा अर्थपूर्ण सम्बन्ध हो ।’

रीमाले नायिका केकी अधिकारी र निर्देशक विशाल भण्डारीसँग आफ्नो ‘अर्थपूर्ण सम्बन्ध’ रहेको बताइन् ।

बिहे कहिले गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्–‘जब मलाई गर्नुपर्छ भन्ने लाग्छ अनी गर्छु । तर, मैले एकपटक बिहे गरेर थाहा पाइसकेँ कि, बिहे मेरा लागि महत्वपूर्ण छैन ।’ रीमाले बिहे गरेको २ बर्षमा उनको डिभोर्स भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४