Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मैले राजीनामा दिएको छैन, निराधार हल्ला चलाइयोः महान्यायाधिवक्ता खरेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ११ २०७७
  • 2.4K
    SHARES

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पार्नुभएको छ । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताउनुभएको हो ।

आफू राजीनामा दिने सोचमा समेत नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’

आफूले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाई राखेको तर आफ्नो राजीनामाको बारेमा एकपटक समेत नसोधि समाचार आउँदा दुःख लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘जिम्मेवार प्रेसले कुनैपनि विषयलाई महान्यायाधिवक्ताले राजीनामा गर्नुभएको छ भन्ने जस्तो गम्भिर विषयलाई अगाडि राख्दाखेरी महान्यायाधिवक्तासँग नसोधिकन राखिने कुराप्रति मेरो गम्भिर चासो, सरोकार छ र यस प्रति म दुःख व्यक्त गर्छु ।’

महान्यायाधिवक्ताले राजीनामा ग¥यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेसण गरको उहाँले बताउनुभयो । अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउन चाहनेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायधिवक्ता खरेलले बताउनुभयो ।

आफूले अदालतमा गरेको बहस प्रति प्रधानमन्त्री सन्तुष्ट रहनुभएको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४