Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चको फैसला स्वीकार्य : ईश्वर पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ११ २०७७
  • 3.5K
    SHARES


 चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई स्वीकार गर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएको भनेर समाचार सार्वजनिक भइरहेका बेला ओली निकट पोखरेलले भने सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताए ।

ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले भने, ‘सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन ।’

सरकारविरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमनको संज्ञा दिएको चर्चा गर्दै उनले जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने बताए । निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने उनको भनाइ छ । ताजा जनादेशमा जानुमै सबैको हित हुने उनको भनाइ छ । ‘नेपाली जनताले इच्छाएको पार्टी र प्रतिनिधिलाई विजयी बनाउने अवसर आएको छ । जसले जे भने पनि आखिर सबै चुनावमा जानुको विकल्प छैन ,’ उपप्रधानमन्त्री पोखरेलले भने ।

उनले नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकाले निर्वाचन आयोगले सूर्य चुनाव चिह्न आफूहरुलाई नै दिने विश्वास व्यक्त गरे । निर्वाचन आयोगले सूर्य चुनाव चिह्न खारेज गर्ने कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको नेकपाले नपाएर अरुले सूर्य चिह्न पाउँछन् भनेर हामी विश्वास गर्दनौं ।’

ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड पक्षको प्रवृत्ति र व्यक्तिगत कुण्ठाका कारण पार्टी फुटेको बताउँदै पोखरेलले यसलाई समयमा उपचार गर्न नसक्दा कार्यकर्ता दुःखी भएकोसमेत बताए । ‘यो दुःखद छ । नेपाली जनतालाई, कम्युनिस्ट आन्दोलनका कार्यकर्तालाई दुःखी बनाउने, पीडा दिने घटना घटेको छ, हामी सबै दुःखी छौं,’ उनले भने ।


प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४