काठमाडौं, / मुलुकमा थप १ सय २५ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ४४ र पुरुषको संख्या ८१ रहेको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ६८१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय २५ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप ५२ जनामा संक्रमण फेला
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५२ जना संक्रमित फेला परेका छन् ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २० जना महिला र ३२ जना पुरुष गरी ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २७ हजार ९४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९० संक्रमित निको भए, ० को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ ।त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ५२९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६८१ सय जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ४३ हजार ३१५ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।