Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देश चुनावमा गइसक्योः कांग्रेस नेता रिजाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १० २०७७
  • 4.4K
    SHARES

काठमाडौं, /  नेपाली कांग्रेसका नेता मिनेन्द्रप्रसाद रिजालले देश चुनावमा गइसकेको बताएका छन् । सोमबार पार्टीका युवा नेताहरुसँगको छलफलमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद पुनर्स्थापना भएर संविधान पनि जोगिने र ६ महिनाभित्र चुनाव पनि हुनसक्ने बताएका छन् ।

‘सभापतिले भनेको ठाउँ (चुनाव) मा पनि पुग्न सकिन्छ । सभापति र वरिष्ठ नेता एक ठाउँमा उभिने हो भने संसद पुनर्स्थापना गर्ने, संविधान जोगाउने, तर ६ महिनापछि चुनाव गरौं भन्यो भने कसले रोक्न सक्छ ?’ उनले भने ।

संसद पुनर्स्थापना गरेर दुई वर्ष थाम्छु भनेर भन्नु मुर्खता रहेको उनले बताएका छन् । साथै, चुनावका लागि जुनसुकै बाटोबाट गएपनि हुन्छ भन्नु मुर्खता रहेको उनले बताए ।

यसैगरी अहिले पहिलो संविधानसभा भंग भएपछि बाधा अड्काउ फुकाउमार्फत प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउनु परेको चर्चा पनि चल्न थालेको उनले बताए ।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली विघटन गरेको प्रतिनिधिसभा विघटनलाई कांग्रेसको पौडेल पक्षले असंवैधनिक र अलोकतान्त्रिक कदम भनेको छ भने सभापति देउवा पक्षचाहिँ चुनावमा जान आतुर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४